सुवेदीको नेतृत्वमा विवेकशील साझा पार्टी सल्यानको समायोजन सम्पन्न ।

भेरी खबर Apr 24, 2021

सनिवार सल्यान । विवेकशील साझा पार्टी सल्यान जिल्लामा समायाेजन भेला सम्पन्न भएकाे छ । तत्कालीन साझा पार्टी र विवेकशील नेपाली दलकाे एकीकरण भएपछि सल्यानमा पनि समायाेजन भेला सम्पन्न गरिएकाे हाे । यस समायोजन  भेलाले पूर्ण बहादुर सुवेदीकाे नेतृत्वमा १६ सदस्यीय जिल्ला कार्य समिति चयन गरेकाे छ।उक्त भेलाको कार्यक्रमलाई सम्बोधन गर्दै   केन्द्रीय सदस्य तथा केन्द्रीय प्रशिक्षण विभाग सदस्य घनश्याम विश्वकर्माले प्रशिक्षण दिनु भएकाे थियाे । प्रशिक्षणमा विश्वकर्माले अहिलेको राजनीति मुखिया र जिम्मालको सैलिमा चलेकोले यस्तो कुसंस्कारको राजनीतिको आयु अब धेरै नरहेको दावी गरे । युवाहरूलाई आशावादी रहन आग्रह गर्दै   अवको नेतृत्व युवाहरूकोनै हुनुपर्ने बताउदै विश्वकर्माले युवाहरूलाई राजनैतिक चेतले युक्त रहन समेत  आग्रह गरे। सोही कार्यक्रममा बोल्दै संयोजक सुवेदीले पुराना दल र नेताले ब्यबस्थाको परिवर्तन गरेपनि आम नागरिकको जिवनमा त्यसको प्रभाव नपरेको र अहिलेको आवश्यकता विकास र समृद्धिको रहेकोले विवेकशील साझा पार्टी सदैव त्यसको  लागि तयार रहेको बताउदै,  बैकल्पिक राजनीतिलाई सफल बनाउने सबै रास्ट्रप्रेमी नागरिकको कर्तव्य भएको दावी गर्दै  कार्यकर्ता लाई  आआफ्नो ठाउँ बाट  जनभावना अनुरुप कामगर्न निर्देशन  समेत दिएका छन। कार्यक्रममा अन्य नेता तथा कार्यकर्ताले समेत आआफ्नो मन्तव्य राखेका थिए ।
                                                                                                    भेलाले छनाेट गरेकाे कार्य समितिकाे नामावली:
 १) पूर्ण बहादुर सुवेदी (संयाेजक)
२)  डि यस डाँगी (प्रवक्ता)
३) प्रकाश वि क ( संगठन विभाग प्रमुख)
४  प्रकाश बाेहाेरा ( सूचना तथा सञ्चार विभाग प्रमुख )
५)सालिकराम ताम्राकार
६) कृष्ण बुढाथाेकी
७) जनक वि क
८) गणेश भण्डारी
९) कमल खड्का
१०)शिवप्रसाद कवर
११) मनिराम वि क
१२) डम्वर बहादुर चन्द
१३) पूर्ण बहादुर बुढा
१४) कृष्ण बस्नेत
१५) प्रेम रसाईली
१६) तेज वहादुर बाेहरा