टेकु अस्पतालमा अहिले सम्मकै उच्च संक्रमण पुष्ठि ।

भेरी खबर Apr 27, 2021

#शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एकैदिन १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

‘यो अहिलेसम्मकै उच्च हो । सबै संक्रमित नयाँ हुन्’, अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने,' संक्रमितको दर ४५.३९ प्रतिशत हुन्छ । १३ महिनाअघि ४२ प्रतिशत संक्रमित देखिएको थियो ।’

कोरोना संक्रमित भएकाहरूको सिटी भ्यालु पनि १३-१४ देखिएको छ । संक्रमण पुष्टि हुनेमा ६ वर्षदेखि ८० वर्षसम्मका छन् ।