थप १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

भेरी खबर Jun 21, 2021

नेपाल राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन सर्वसाधारणसँग बोलकबोल माग गरेको छ ।

बैंक तथा वित्तीय संस्था गैरबैंकिङ क्षेत्र, संगठित संस्था तथा नागरिकले समेत भाग लिन पाउने गरी राष्ट्र बैंकले बोलकबोल खुला गरेको हो ।

चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्य अनुसार ऋण उठाउन थालेको राष्ट्र बैंकले ६ वर्षे ऋण पत्र जारी गरेको छ । बोलकबोलका लागि ८ असार दिउँसो ३ बजेसम्मका लागि समयसीमा तोकिएको छ भने ऋणपत्र निष्कासन ९ असारमा हुनेछ ।

ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिने उल्लेख छ । सावा भुक्तानी ९ असार २०८४ मा उपलब्ध गराइने र ऋणपत्र खरिदकर्ताले कम्तिमा ५० हजार रुपैयाँ बराबरको खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ ।  

सरकारले चालु वर्षमा २ खर्ब २५ अर्बको ऋण उठाउने लक्ष्य राखेकोमा वैशाखसम्म १ खर्ब १२ अर्ब रुपैयाँको ऋण उठाएको छ