विल गेट र मेलिण्डाको २७ वर्षको सम्बन्ध बिच्छेद ।

भेरी खबर May 4, 2021

#बिल गेट र मेलिण्डा गेटले २७ बर्षपछि आफ्नो वैवाहिक जिवनको अन्त्य गरेको आ-आफ्नो सामाजिक संजाल ट्युइटर मार्फत सार्वजनिक गरेका छन। लामो समयको सम्बन्ध रहिआएको र विश्वमै उदाहरणिय जोडिको रुपमा स्थापित भएको यो जोडि समाजसेवा देखि हरेक सामाजिक तथा पारिवारिक मामिलामा उदाहरणिय मानिन्थ्यो । उनिहरु मिलेर स्थापना गरेको बिल याण्ड मेलिण्डा गेट्स फाउन्डेसनले अहिलेसम्म ६० खर्ब बढी रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको छ ।जिवनको पछिल्लो अध्यायमा आफुहरु संगै जोडिको रुपमा हिड्न नसक्ने बताउदै अब हामी  जोडि रहेनौ भन्दै ट्युइटरमा बिल गेट्स ले सार्वजनिक गरेका छन।हाल  बिल गेट ६५ र  मेलिण्डा ५६ बर्षका छन।