विरबहादुरको हेराइमा पलाता कालिकोटको अवस्था ।

भेरी खबर २५ साउन २०७८, सोमवार

मैले देखेको पलाता- विरबहादुर रोकाय 

 

    चाहेजस्तो काम,शिक्षा र रोजगारी प्राप्त गर्न सकेका छैनन् ।
नेपालमा स्थानिय साशन बेवास्ताको लागू भएपछि सबै पलाताका जनताले वास्तविक लोकतन्त्रसहितको संघीय साशन प्रणालिको अनुभव गर्न पाउलान् भन्ने सोचेका थियौं तर त्यो सुविधा वा संघीयता स्थानीय तहका जनप्रतिनिधि हरुको लागि मात्र हुन पुग्यो । किनभने केन्द्र र प्रदेश सरकारले उपलब्ध गराएको स्थानिय साशन बेवास्ता हातमा लिएर पालिका मा आएको पालिकाको र त्यहाँका सर्वसाधारण जनताको विकास को

लागि आएको  बजेट आफू लगायत आफ्ना आसेपासेको लागि सात पुस्ता सम्म पुग्ने गरेर भराष्चार गरिरहेका छन् । तिनीहरूका विकासप्रेमी नाराहरू कागजमा मात्र सीमित भए पलत्ताबासी र पलाताको विकासमा कहिल्लै पनी लागू भएन । पलाताका राजनीतिक दलहरुले त्यहाँका सर्वसाधारण जनतालाई मात्र एउटा खाली वा रित्तो भाडाको रूपमा प्रयोग गरिरहेको छन् किनभने जनताहरूमा चेतनाको अभाव र आफ्नो दैनिकी गुजार्न दिनहुँ आफ्नो खेतबारीमा काम गर्छन् । सरकारको विरोध गर्दा उल्टै जनतालाई अनेकथरीका आरोप लगाएर जेल

हाल्ने तानाशाही प्रवृत्ति रहेको छ । यदी पलाताको भ्रष्टाचारको कुरा गर्दा सायद नेपालकै नम्बर एक भरष्ट पालिकाको लिस्टमा पर्छ होला किन भने त्यहाँका जनप्रतिनिधिहरुका घर घडेरी सुर्खेत, नेपालगञ्ज,कोहलपुर जस्ता अति महंगा ठाउँहरूमा बनाएर राखेका छन् त्यो पनि एक जनाको ३,४ घडेरी छन् ।विडम्बनाको साथ भन्नुपर्दा त्यस्तो अराजकता भएको देख्दा पनि कानमा तेल हालेर मौन भएर बसिरहेको छ प्रमुख प्रतिपक्षी दल । औपचारिकरूपमा भन्दा  जाबो २० हजार देखी ३० हजार सम्म  मासिक तलब भएका जनप्रतिनिधिहरूको

नाममा ३,४ वटा घर,घडेरी कसरी भए त्यसमा पनि गम्भीर भएर सोच्नुपर्ने समय आको छ । गरीब जनता दिनहुँ गरिबीको संकटमा बाँचिरहेका छन् तर त्यहाँका वास्तविक नेताको अर्थ नबुझेका शोसक, सामान्तहरुले राजाको  जस्तै जीवन बिताइरहेका छन् के एस्तै दिन देख्नलाई  त्यस्ता सर्पहरू लाई जिताएको हो । हाम्रो देश नेपालमा संघीय साशन प्रणालि लागू भएको लगभग ४ चार वर्ष भइसक्यो  त्यसको बीचमा प्रदेश सरकार बाट विकाशको लागि वर्षेनी २५ करोड बजेट पलाता गाउँपालिका को लागि  विनियोजन गरिन्छ तर विकाशको नाममा पुराना पहिले विभिन्न
संसंस्थाहरुले बनाएको सडक लाई रिपरिङ गरेर सोझा जनताको आँखामा छारो हालेर सबै रकम स्वाटै पार्ने काम भइरहेको छ ।  केही गलत निहेत भएका मानिसहरूको संरक्षणमा बसेर त्यस्तो अवस्थाको सृजना भएको छ ।  अरु सामाजिक सँज्यालमा पलात गाउँपालिका एउटा नमुना पालिका भएको छ तर त्यसको वास्तविकता त्यहाँका शिक्षित युवालाई सोध्दा थाहाँ हुन्छ ताकि कुनै झोले लाई होइन ।  अब पलाताको शिक्षाको कुरा गर्ने हो भने त्यो शब्द सायद शब्दभण्डारमा पनि भेटाउन कठिन छ किनभने शिक्षा पद्धति एसरी खस्किँदै गएको छ कि जहां शिक्षकहरू क्षमाताको आधारमा होइन

पावर र पहुँचको आधारमा छानिएका छन् जसलाई विशेष विषयमा ज्ञान नैं हुँदैन । यद्यपि, त्यहाँको विद्यालयमा पुस्तकालयको त कुरै नगरौँ सुरक्षित कक्षाकोठाको  पनि बेवास्ता छैंन । वर्षायाममा आकाशबाट झरेको पानी सिद्दै भित्र कक्षाकोठामा छिर्छ, विद्यार्थी भाइबहिनी लागि बस्नको लागि डेस्क बेच्नको त कुरै नगरौं कक्षाकोठा भित्रको जमीन पनि समथर बनाएको छैन , कहीं सगरमाथाको रूप धारण गरेको छ भने कतै ललाशयको रूपमा कक्षाकोठा रहेका छन् । एती मात्र होइन विद्यालयमा शिक्षकहरू समयमा उपस्थित हुँदैनन् भएपनि आफ्नो दैनिकी


तालिका अनुसार कक्षामा पढाउन जाँदैनन्, विद्यालयमा इंग्लिश को शिक्षक आउनुहुन्छ , गणितको शिक्षक आउनुहुन्न, नेपाली विषयको पढाई हुन्छ सामाजिक र विज्ञानको पढाई हुँदैन किनभने शिक्षक जस्तो जिम्मेवारी मान्छे पनि राजनीतिक युनियन का सदस्य रहेका छन् । विद्यालयमा गएर विद्यार्थी भाई बहिनी लाई पढाउनु साटो पार्टीको बैठकमा जान्छन् । त्यस्तै धेरै कारणहरूले गर्दा राष्ट्रिय पाठ्यक्रमले तोके अनुसारको जम्मा  ३० प्रतिशत पानी  पढाई हुँदैन  अनि कताबाट दक्ष जनशक्तिको उत्पत्ति हुनु, कसरी त्यहाँका जनतामा चेतनाको

विकास हुनु ।  कहिलेकाहीं त विद्यार्थी भाइबहिनीहरुले नयाँ पाठ्यपुस्तक पनि पाउँदैनन् ।  आजभन्दा करिब ११ एघार वर्ष पहिले जब म कक्षा ७ मा अध्ययनरत थिए  त्यतिबेलाको शिक्षाको नीति र अहिलेको शिक्षा नीतिमा आकाश पातालको फरक छ किन भनें  उतिखेरको शिक्षा नीतिमा झुट र शिक्षा हासिल गर्ने ठाउँमा थात्रो भरष्ट राजनिती थिएन, विद्यालयको संरचना पनि व्यवस्थित थिए, कक्षाकोठा पनि व्यवस्थित थिए जहाँ विद्यार्थी भाई बहिनी लाई बस्नको लागि डेस्क बेञ्चको व्यवस्था हुनुका साथै अध्यान गर्नको लागि  अनुकूल वातावणको  सृजना

भएको थियो  तर अहिले गलत सोचविचार र धारणा भएका क्रुप्टेड नेता भनाउदा ले गर्दा  पलाताको शिक्षामा निकै गिरावट आएको देखिन्छ ।

अब पलाताको स्वास्थ्य क्षेत्रको कुरा गर्दा  स्वास्थ्य चौकीको भवन मात्र छ अस्पतालमा औषधि छैन जहाँ सर्वसाधारणले  सामान्य रुघखोकी लाग्दा पनि पारासितामोल पाउँदैनन् , सामान्य घाउ हुँदा वा काटिदा घाउ बर्नको लागि बेटाटिन पनि पाउन धम्या धाम्या पर्दछ । नेपाल सरकारले निःशुल्क रूपमा वितरण गरेका ८० प्रकारका औषधी मध्य १० प्रतिशत पनि स्वाथ्य चौकी मा भेटिदैन  किन भने

जनप्रतिनिधिले आफ्नो घरमा अस्पताल बनाएको देख्न पाइन्छ । मेडिकलमा गएर पनि औषधि गर्न  सक्ने अवस्था सबैको हुँदैन किन भने प्राइभेट मेडिकलमा जाबो दश रुपियाँमा पाउन सकिने औषधीलाई १०० भन्दा बढी पार्न जान्छ । त्यस्तै महंगिका करणले गर्दा कतिपय मानिसहरू सामान्य रोगहरूका शिखर भएका हामीले देखेका छौं । सडक संज्याल र विद्युतको क्षेत्रमा हेर्दा पनि कुनै उपलब्धि भएको देखिँदैन किनभने खाली ग्राभिल बाटो छ तर नदी पार गर्नलाई ट्वीनको प्रयोग गर्नु पर्छ । आखिर कहिले सम्म ? एउटा अचम्मको कुरा यो छकि मुख्यमन्त्री जस्तो  जिम्मेवारी व्यक्तित्व पनि त्यही क्षेत्रबाट निर्बाचित हुँदा पनि सर्वसाधारण जनताले नदी वारपार गर्नलाई एउटा पक्की पुलको प्रयोग गर्न पाएका छैनन् । सडक लाइन पनि त्यस्तै अव्यवस्थित छ वर्षमा ६ महिना मात्र सञ्चालनमा आउँछ किन की वर्षायाममा उच्च वर्षा, बढी, पहिरोका कारण बाटो बन्द हुने गर्दछ । विद्युतको क्षेत्रमा पनि

त्यस्तै अनियमितता छ । विद्युतको लाईन छ तर सञ्चालनमा छैन किनभने विद्युत मर्मतको लागि आएको बजेट सबै उपभक्ता समितीले स्वाम्मै परी सके l अरु बाँकी रहेका विद्युतका सामाग्रीहरू बेचेर स्वाटै पारिसके । अहीले एउटा पनि ट्रान्सर्फमर र तार छैन केवल पोल मात्र छन् । काम गरेको चार वर्ष पुग्दा पनि हाजारौं पलाताबासीले दुर्शिखोला जलविद्युतमा काम गरेको ज्याला पाएका छैनन् तर उपभाक्ता समितिले कैलाली, बर्दिया र बाँकेमा पक्की घर बनाएर आनन्द बसीरहेको छन् । त्यस्तै कर्णाली प्रदेश सरकारले पलातामा मौरी पालनको लागि छुट्याएको एक करोड रुपैयाँ पनि लेखाजोखा भएको छैन । पालिकामा एउटा पनि माहुरीको घार छैन । युक्त एक करोड रकम मध्य १६ जानलाई तालिम गराएबापत  १६ हजारका दरले दुई लाख छपन्न हजार पुपैया मात्र खर्च भएको देखिन्छ । त्यस्ता विषयमा मुद्धा लिएर अगाडि जाँदा त्यहाँको प्रहरी प्रशासकले पनि वास्ता गर्दैन ।  

माथि उललिखित समस्याहरूको समाधानको लागि पलाताका जनताको भलाईको लागि  हामी सबै शिक्षित युवाहरुले  एकजुट भएर त्यस्ता तानाशाहको विरोधमा अगाडि बढ्न जरुरी देखिनुका साथै केन्द्रीय सरकार र प्रदेश सरकारले पनि  त्यस्ता समस्याहरु प्रति उचित किसिमका नीति,नियम र कानूनको व्यवस्था बनाई काढाईका साथ कावान्नवन गर्नु पर्ने अवस्था देखिन्छ ।  आगामी आउने चुनावमा  हामीले विचार पुर्याएर विकासप्रेमी मान्छेलाई अगाडि नेतृतोमा पुगायौ भने सम्पूर्ण पलाताबासी जनताले चरम भरस्तचार बाट मुक्ति पाउनका साथै
विभिन्न किसिमका सरकारी सुविधा प्रयोग गर्न पाउने छन् ।

               

 


  सुझाव र सल्लाहको लागि सम्पर्क                        

   बिर बहादुर रोकाया ९८६९६५९८६१