१३ वर्षीया बालिकाको ज्यान बचाइदिन काकाकाे अपिल

भेरी खबर Jul 12, 2021

कालीकोट जिल्लाको शान्नी त्रिवेणी गाउँपालिका वडा नं २ की १३ वर्षीय वालिकाको उपचार खर्चमा अभाव भएको छ । असार ८ गते भीरबाट लढेर घाइते भएकी १३ वर्षीया बालिका मञ्जु बिष्टको उपचार खर्चको अभावले सिकिस्त हुदापनी आईसियुबाटै निकाल्नु पर्ने बाध्यता हुनलागेको परिवारका सदस्यले बताएका छन ।
टाउको सँगै शरीरका विभिन्नमा ग’म्भी’र चो’ट लागेका कारण बालिकालाई कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लामा विषेश कक्ष ICU ,भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला परिवारले उपचार खर्च धान्न नसक्ने भएपछि फिर्ता ल्याउनुकाे विकल्प नभएको बताएका छन् । बिरामीसँग जुम्ला गएका उनका `काका´ नाता पर्ने अनिल परिवर्तनले बालिकाको आमाबुवाले आफूसँग छोरीको उपचार गर्ने पैसा नभएकाले घरमा फिर्ता ल्याइदनु बाहेक अर्को बाटो छैन भनेपछि । घरबाट जुम्ला पुगेका परिवर्तन  उनकाे उपचार गर्ने पैसा घरबाट छैन भनेपछि उपचारकाे लागि थप समस्या भएकाे बताउनुभयो ।
भीरबाट लडेलगतै जिल्ला अस्पताल कालीकोटमा पुर्याउदापनी गम्भीर समस्याका कारण  उपचार हुन नसक्दा जुम्ला रेफर गरिएको थियो । आजसम्म विशेष कक्ष ICU, भेन्टिलेटरमा राखेर उपचार गरेपछि हातखुट्टा चलमलाउन र आँखाका हेर्न थालेकी बालिकाको थप उपचारका लागि घा’इते बालिकाका बुवा अमर बिष्टले आफूसँग भएको पाखोबारी किन्ने कोही नभेटिएको र ऋण पनि नपाएकाले छोरीको उपचार गर्न नसक्ने पीडा व्यक्त गरेपछि बिरामी सँग जुम्ला पुगेका काकाले भतिजीकाे ज्यान बचाउनकाे लागि परिवार सँग सल्लाह गरेर । सामाजिक सञ्जाल मार्फत सबै मनकारीलाई भतिजी मञ्जुकाे ज्यान बचाइदिन अपिल गरेका छन् । 
उनलाई सहयोग गर्न चाहाने व्यक्तिहरुले उनको काका अविलाल बिष्टकाे सानिमा बैंक रहेको खाता नम्बर 030011060001673 र ईसेवा मार्फत ईसेवा ID - 9843808330 मा जम्मा गरि सहयोग गरिदिन अनुरोध गरिएको छ ।
सिधै सम्पर्क गर्न चाहनेका लागि - 9848360258
9864736625